
काठमाडौँ , ३० माघ । माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले सिमेन्टको अचाकली मूल्यवृद्धि विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिटमा नेपाल सरकारका गृह मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, उपभोक्ता संरक्षण विभाग र सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाइएको छ। अन्सारीले दाबी गरेका छन् कि कात्तिक १ गते ४७२ रुपैयाँमा बिक्री भएको ओपीसी सिमेन्टको मूल्य मंसिर १७ सम्म ६३० रुपैयाँ पुगेको छ, जसलाई कच्चा पदार्थको अभावको बहानामा कालोबजारी र मिलेमतोको परिणाम भनेका छन्।
रिटमा सिमेन्टको कृत्रिम अभाव र कालोबजारीलाई रोक्न तत्काल उचित मूल्यमा उपलब्ध गराउन आदेश दिन माग गरिएको छ। यो मुद्दा सार्वजनिक चासोको विषय भएकोले, अदालतले उद्योग संघसँग अनुगमन र कालोबजारी रोक्न आदेश दिन अनुरोध गरिएको छ। सर्वोच्च अदालतले रिट दर्ता गरेको छ र आजको पेसीमा यसबारे सुनुवाइ हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे