
काठमाडौँ , २९ माघ । काठमाण्डौको कमलपोखरीमा रहेको एक शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार, कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मकवानपुरको मनहरि गाउँपालिका–५ का १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ का २५ वर्षीय भीमबहादुर घलेमगरको गएराति ज्यान गएको हो।
गएको बिहीबार बिहान मःम पसलमा ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए, जसमा ११ जना घाइतेको उपचार जारी छ। यिनै घाइतेमध्ये दुई जनाले भने ज्यान गुमाएका छन्। घाइते नौ जनाको कीर्तिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे