
काठमाडौँ , २८ माघ । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गरिब र विपन्न वर्गका मानिसहरूसँग अन्याय गरेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आइतबार टेकुस्थित कवाडी गोदाम भत्काउन गएको काठमाडौं महानगरको प्रहरी टोलीले व्यवसायीमाथि गरेको व्यवहारलाई अन्यायपूर्ण भने।
उनले मेयर बालेनलाई हिटलरको शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै भने, “हामी २०७२ को गणतान्त्रिक संविधानमा छौं। काठमाडौं सातवटै प्रदेशको राजधानी हो र सम्पूर्ण नेपालीको राजधानी हो। जस्तै जर्मनीमा नाजीवादको उदय भएको थियो, त्यस्तै हिटलरको शैलीमा काठमाडौंका मेयर बालेन साहले कबाडीमाथि डोजर चलाए। ती सबै गरिब मजदुर थिए, जसमा मधेसी, मुस्लिम, दलित र अन्य गरिब वर्गका व्यक्ति समावेश थिए।”
यससँगै उनले मेयर बालेन साहलाई मात्र कबाडी गोदाम होइन, सिंहदरबार पनि भत्काउनको लागि चुनौती दिएका छन्। उनले बालेनलाई हिम्मत भए संसद भवन , सिंहदरबार ,सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाउन च्यालेन्ज दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे