
काठमाडौँ , २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भ्रष्टाचार विरुद्ध लड्नको लागि आयोगको निष्पक्षता र प्रभावकारितामा विश्वास व्यक्त गरे। उनले भने, “अख्तियार दबाब वा प्रभावमा नपरी कानूनी प्रक्रिया पालन गर्दै काम गर्नेमा विश्वस्त छ।” राष्ट्रपति पौडेलले भ्रष्टाचारको स्वरूपमा आएको परिवर्तनलाई ध्यानमा राख्दै अनुसन्धान र अभियोजन प्रक्रियालाई आधुनिकीकरण गर्ने आवश्यकता रहेको बताए।
उनले भ्रष्टाचारको कारण सत्ता, शक्ति र धनको मोहलाई देखाउँदै, सूचना प्रविधिको विकाससँगै यसको जटिलता पनि बढेको भन्दै कानूनी सुधार र अन्तर्राष्ट्रिय प्रावधान अनुसार व्यवस्था परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याएर नागरिकमा विश्वास जगाउन र आयोगको काममा कुनै चूक नहुने विश्वास व्यक्त गरे।
आर्थिक विकास, सुशासन र सामाजिक न्यायको लागि भ्रष्टाचार विरोधी कामको महत्व र यसको निराकरणका लागि राज्य संयन्त्रलाई सधै चनाखो रहन आग्रह गरे। उनले सबै निकायलाई भ्रष्टाचार कम गर्ने जिम्मेवारी बोध गरेर कार्य गर्नुपर्ने जोड दिए। यस अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो र कार्यक्रमलाई प्रमुख राजनीतिक व्यक्तिहरूले सम्बोधन गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे