
काठमाडौँ , २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवासीय चिकित्सकहरूको आन्दोलनपछि चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक बोलाएका छन्। चिकित्सकहरूले निजी मेडिकल कलेजका चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिने र ड्युटी समय तोक्नुपर्ने माग गरेका छन्। बिहीबार राति प्रधानमन्त्री ओलीले चिकित्सकसँग बालुवाटारमा छलफल गरेका थिए, जसमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले सकारात्मक प्रतिक्रिया दिएका छन्।
आकस्मिक बैठकको एजेण्डा आवासीय चिकित्सकको निर्वाह भत्ता र ड्युटी समय निर्धारण गर्ने रहेको छ। चिकित्सकहरूले सातामा ८० घण्टाभन्दा बढी ड्युटी नगर्ने, साप्ताहिक दुई पटक २४ घण्टे ड्युटी, बिदा र अन्य छुट्टिहरूको व्यवस्था गर्ने माग गरेका छन्।
दुई वर्ष अघि पनि चिकित्सकहरूले भत्ता माग गरेका थिए र स्वास्थ्य मन्त्रालयसँग सहमति भएको थियो। तर, मेडिकल कलेज सञ्चालकहरूको असन्तुष्टिपछि प्रधानमन्त्रीले निर्णय गर्न निर्देशन दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे