
काठमाडौँ , २४ माघ । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले लामिछानेलाई उक्त धरौटी रकम बुझाएर मुक्त गर्न भनेको हो। यदि लामिछानेले धरौटी रकम दिन नसकेको खण्डमा, उनलाई कानुन बमोजिम थुनामा राख्नका लागि सम्बन्धित कारागार कार्यालयमा पठाउने आदेश दिइएको छ।
रवि लामिछानेलाई साहारा चितवन सहकारीको ठगी मुद्दामा बयान दिन बुधबार अदालतमा उपस्थित गराइएको थियो। यस मुद्दामा बयान र थुनछेकको बहस बुधबार पूरा हुन नसकेपछि अदालतले लामिछानेलाई प्रहरीको जिम्मामा पठाएको थियो। चितवनमा मात्र ठगीको मुद्दा दायर भएको भए पनि कास्की, काठमाडौँ र रूपन्देही जिल्लामा लामिछानेविरुद्ध सङ्गठित अपराधको मुद्दा दर्ता गरिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे