
काठमाडौं- नेक्सस एजुकेशनल कन्सल्टेन्सी एन्ड इमिग्रेशन सर्भिसेज प्रा. लि. ले आफ्नो १०औं वार्षिकोत्सव तथा एजुकेशन फेयर २०२५ जनवरी ३१ मा काठमाडौंमा भव्य रूपमा सम्पन्न गरेको छ। एजुकेशन फेयरद्वारा विद्यार्थीहरूलाई मार्गदर्शन डिल्लीबजारमा आयोजित मल्टी-डेस्टिनेशन इन्फर्मेसन सेसनमार्फत विद्यार्थीहरूलाई विदेश अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गरियो।
यस अवसरमा विभिन्न देशका अध्ययन गन्तव्य, छात्रवृत्ति, भिसा प्रक्रिया तथा विश्वविद्यालय छनोट सम्बन्धी जानकारी गराइएको थियो। विज्ञहरूले विद्यार्थीहरूलाई उचित परामर्श दिँदै उनीहरूको शैक्षिक लक्ष्य प्राप्त गर्न सहायता गरेका थिए।
१०औं वार्षिकोत्सवको भव्य उत्सव त्यसै दिन साँझ धुम्बाराहीस्थित स्मार्ट महलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो। यस कार्यक्रममा शैक्षिक क्षेत्रका अग्रजहरू, साझेदार संस्थाहरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। नेक्सस एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक विष्णु खड्काले विद्यार्थी, अभिभावक, साझेदार तथा टिम सदस्यहरूलाई निरन्तरको विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गरे।
“यो ऐतिहासिक सफलता हाम्रो समर्पित टिम, साझेदार तथा विद्यार्थीहरूको विश्वासबिना सम्भव थिएन। हामी आगामी दिनमा पनि विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न मार्गदर्शन गर्न प्रतिबद्ध रहनेछौं,” उनले भने। कार्यक्रममा अन्तरक्रियात्मक सत्र, नेटवर्किङ अवसरहरू तथा उत्कृष्ट योगदानकर्ताहरूलाई सम्मान समेत प्रदान गरिएको थियो।
नेक्सस एजुकेशनल कन्सल्टेन्सीले विदेश अध्ययनका इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श तथा सहायता प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे