
काठमाडौँ ,२२ माघ । सरकारले पाठेघरको मुखको क्यान्स रोकथामका लागि आजदेखि देशव्यापी एभचपिभी खोप अभियान सुरु गर्दै छ । विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले मङ्गलबारदेखि एचपिभी खोप अभियान सुरु गर्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ११ बजे खोप अभियान शुभारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस अवसरमा प्रधानमन्त्री ओलीले एक भिडियो सन्देश जारी गर्गै महिलाहरुको पाठेघरको मुखको क्यान्सर एउटा विश्वव्यापी र गम्भीर समस्या रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले भने, ‘‘नेपालमा पनि यो रोग बढ्दै गएको छ । र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा यस रोगलाई निवारण गर्ने अथवा जनस्वास्थ्यको समस्याको रुपमा रहन नदिने भन्ने एउटा आह्वान गरेको छ, अभियान चलाएको छ ।’’
प्रधानमन्त्री ओलीले यस अभियानमा सरिक हुन म सबैलाई हार्दिक आह्वान समेत गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे