
पोखरा । गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८१ साल माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकमा उक्त निर्णय अनुमोदन गरेको जनाएको छ।
यस निर्णयअनुसार, गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरू उक्त दिन बन्द रहने छन्। प्रदेश सरकारका अनुसार, स्थापना दिवसको अवसरमा बिदा दिनुका साथै विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिने छ।
गण्डकी प्रदेश सरकारको बैठक तथा प्रशासन शाखाले जारी गरेको सूचनामा सबै सरोकारवालाहरूलाई यस निर्णयबारे जानकारी गराइएको छ। उपसचिव सुरण प्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा बिदाको कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको उल्लेख गरिएको छ।
प्रदेश सरकारले यसअघि पनि हरेक वर्ष स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिंदै आएको छ। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरिएको बताइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे