
काठमाडौँ ,२१ माघ । काठमाडौँ उपत्यकाका केही स्थानहरूमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि केही दिनहरूमा विद्युत सेवा बन्द गर्न लागेको जानकारी दिएको छ।
प्राधिकरणले सूचना जारी गर्दै आजदेखि माघ २९ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो। यस कार्य अन्तर्गत कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रका विद्युतीय लाइन भूमिगत गरिनेछ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे