
काठमाडौँ, २१ माघ । उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि अवस्थामा नढल्ने दाबी गरेका छन्। नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नयाँ नेतृत्वसँग बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले सरकार ढाल्ने शक्ति नभएकाहरूले मात्र सरकार ढल्छ भन्ने हल्ला फैलाइरहेको बताएका छन्। उनले भने, “अहिले पछिल्ला दिनमा सरकार ढल्छ भन्ने चर्चा घट्न थालेको छ। जसको सरकार ढाल्ने क्षमता छैन, उसले मात्र सरकार ढल्छ भनेर हिँडिरहेको हो।”
पौडेलले सरकार अहिले मुलुकको आर्थिक र सामाजिक सुधारका लागि सकारात्मक दिशा अपनाउँदै अघि बढिरहेको पनि स्पष्ट पारे। उनले थपे, “हामी आम नागरिकमा विश्वास र आशा जगाउन सक्छौं कि देश राम्रो बनोस् र भविष्य उज्ज्वल होस् भन्ने विश्वास जगाउन सक्छौं।”
उनले वर्तमान सरकारलाई अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र मुलुकको ओरालो यात्रा रोक्दै सकारात्मक दिशातर्फ अगाडि बढाएको उल्लेख गरे। सरकारका तर्फबाट देशका समस्याहरूको समाधानका लागि पछिल्लो समय अध्यादेश ल्याएको उनले जनाए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे