
काठमाडौँ , २० माघ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार प्रतिनिधिसभा सदस्य समेत रहेका साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् ।
साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएपछि सांसद साहले उक्त टिप्पणी गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे