
एजेन्सी । साउदी अरबको पश्चिमी क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा भारतका नौ र घानाका तीन नागरिक पनि ज्यान गुमाएका छन्। दुर्घटनामा ११ जना घाइते भएका छन्
सोमवार भएको यो दुर्घटनामा कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किंदा १५ जनाको मृत्यु भएको हो। जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासका अनुसार, दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको हो।
यस दुर्घटनामा इलामका सुकबहादुर लिम्बुको जिजानमा उपचार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे