
पोखरा, १९ माघ। नेपाली कांग्रेसले पार्टी सुदृढीकरण र आगामी रणनीतिका लागि पोखरामा विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ। २० गतेदेखि २३ गतेसम्म पोखरामा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका सभापति र ७७ वटै जिल्लाका सभापति, उपसभापति तथा प्रशिक्षण शाखाका प्रमुखहरूलाई अभिमुखीकरण गरिनेछ।
पार्टीको प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कार्यक्रम सम्पन्न हुनेछ, जसमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, सभापति शेरबहादुर देउवा र अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी हुनेछन्। कार्यक्रमको प्रमुख उद्देश्य आगामी चुनाव र पार्टीको कार्यकर्ता निर्माणमा सहकार्य गर्नु रहेको छ।
२० गते पोखरा महानगर सम्मेलन र २१ गते सातै प्रदेशका सभापतिहरूसँग छलफल हुनेछ। कार्यक्रमको उद्घाटन २२ गते कास्की पार्टी कार्यालयमा बिहान हुनेछ, र त्यसपछि पोखराको एसआर केसी क्याटरिङमा प्रशिक्षण सत्र सुरु हुनेछ।
समाप्ति पछि २३ गतेसम्म कार्यक्रम जारी रहने र पोखरामा एक घोषणापत्र सार्वजनिक गर्ने योजना रहेको कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे