
काठमाडौं , १८ माघ। गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतअदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
एलिना र विष्णुले गत वैशाखमा विवाह गरेका थिए। उनले माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्। पतिले अनेक शंका(उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । एलिनाका पति अस्ट्रेलियामा बस्छन् । विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे