
काठमाडौं , १८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संस्थापक महामन्त्री मुकुल ढकालले सामाजिक सञ्जाल विधेयकमा पार्टीले ढोङ्गी चरित्र देखाएको आरोप लगाएका छन्। उनले हिजो रास्वपाले उठाएका माग सम्बोधन गरेको भन्दै विरोधको अर्थ नभएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले विधेयकले हिजो रास्वपाले उठाएका मागको नै सम्बोधन गरेको बताएका छन् । उनले लेखेका छन् , अहिलेको संसदमा दर्ता भएको विधेयकले हामीले हिजो उठाएको मागको नै सम्बोधन गरेको छ तर विरोध गर्नेु नै धर्म मानिरहेका साथीहरूले हिजोको आफ्नै मुल्य मान्यतालाई कुल्चिएर विज्ञप्ति जारी गरेका छन् । उनले सामाजिक सञ्जाल विधेयकका बारेमा समाजमा भ्रम फैलाइएको समेत बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे