
दोलखा, माघ १८ गते – नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाको नयाँ कार्यसमिति किशोर दाहालको नेतृत्वमा सर्वसम्मत चयन भएको छ।
सदरमुकाम चरीकोटमा सम्पन्न १४औं जिल्ला अधिवेशनको बन्दसत्रमा दाहालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो। समितिको खुल्ला उपाध्यक्षमा कुमार गुरुङ, महिला उपाध्यक्षमा पम्फामाया श्रेष्ठ, सचिवमा भरत केसी, सह–सचिवमा अम्बिका कुमारी कार्की, कोषाध्यक्षमा प्रदीप कुमार सुवेदी र सह–कोषाध्यक्षमा गीता बस्नेत चयन भएका छन्।
अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिका रूपमा रणकाजी तामाङ र राधा बस्नेतलाई चयन गरेको छ। यसका अतिरिक्त, प्रदेश प्रतिनिधिका रूपमा कुमार जिरेल, सुन्दर पाण्डे, यज्ञराज खतिवडा, उमेश शिवाकोटी, बालकृष्ण मल्ल ठकुरी, सुरेश गेलाल, विदुर सापकोटा, अल्पना खड्का, उर्मिला थापा, सरिता खड्का र कविता भुजेल चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई बधाइ र शुभकामना व्यक्त गर्दै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य र पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले वर्तमान शिक्षा प्रणालीमा सुधार ल्याउने र नयाँ पुस्तालाई समाजका बारेमा बुझाउँदै संस्कार सिकाउने खालको शिक्षा दिन आवश्यक भएको बताउनुभयो।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारी र नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले पनि बधाइ र शुभकामना व्यक्त गर्दै शिक्षकहरूलाई अब्बल शिक्षणमार्फत पेशागत उत्कृष्टता प्रदर्शन गर्न आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे