
काठमाण्डौ । अप्टिमस ग्लोबल ले राष्ट्रिय क्रिकेट खेलाडी अनिल कुमार शाहलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। यो सम्झौताले एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको थियो, जसमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, उद्योगका अगुवा र शुभेच्छुहरूको उपस्थिति थियो।
अप्टिमस ग्लोबल का सिईओ श्री अशिम मैनाली ले यस सहकार्यको बारेमा उत्साह व्यक्त गर्दै, अनिल शाहको क्रिकेटप्रतिको समर्पण, दृढता र उत्कृष्टता ब्रान्डको दृष्टिकोणसँग मेल खाने बताएका छन्। उनले विश्वास व्यक्त गरेका छन् कि अनिल शाहको उपस्थिति ब्रान्डलाई अझ प्रभावकारी बनाउनेछ।
कार्यक्रममा उपस्थित विभिन्न प्रतिष्ठित व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्। इक्यान का अध्यक्ष शेषराज भट्टराईले विश्वास व्यक्त गरेका छन् कि यस सहकार्यले खेलकुद र व्यवसाय दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। जनकपुर बोल्ट्सका सह-मालिक उत्सव सिग्देलले अनिल शाहले युवाहरूलाई प्रेरित गर्ने बताए।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष रोशन सिंहले यो सम्झौताले भविष्यमा नयाँ अवसरहरूको सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले यो सहकार्यलाई औचित्यपूर्ण मान्दै, यसले विद्यार्थीहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
इक्यान का पूर्व अध्यक्ष दीपक गुरुङले अनिल शाहलाई बधाई दिँदै, क्रिकेटमा उहाँको योगदान र खेल ब्रान्डिङमा उहाँको भूमिकाको प्रशंसा गरेका छन्।
कार्यक्रममा औपचारिक हस्ताक्षर समारोह, मिडियासँग अन्तरक्रिया र विभिन्न उद्योग तथा खेल क्षेत्रका व्यक्तित्वहरूसँग नेटवर्किङ सेसन पनि आयोजना गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे