
भरतपुर – भरतपुर महानगरपालिका, गोरखा नगरपालिका तथा आँबुखैरेनी गाउँपालिकाबीच अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। भरतपुर महानगरसभा हलमा आयोजित उक्त कार्यक्रममा अन्तरपालिका अनुभव साटासाट गरिएका थिए।
गोरखा नगरपालिकाले पर्यटन वर्ष २०२५ मनाउने तयारी गरिरहेको सन्दर्भमा भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गतका पर्यटन प्रवर्द्धनसम्बन्धी अनुभवहरू साझा गरेको जनाएको छ।
कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगर तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले पर्यटन प्रवर्द्धन तथा अन्तरपालिका सहकार्यका विषयमा भरतपुर महानगरपालिकाबाट सिक्न पाएको अनुभव लाभदायक रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे