
काठमाडौँ , १६ माघ । कोशी प्रदेश सरकारद्वारा गठित वार्ता टोलीले पहिचान पक्षरलाई वार्तामा बोलाएको छ । मंगलबार बसेको सरकारी वार्ता टोलीको बैठकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेको हो ।
सरकारले केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न खोजेको छ । शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ जना गम्भीर घाइते भएका थिए । झडपमा २१ प्रहरी घाइते भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे