
काठमाडौँ , १५ माघ । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरमा सञ्चालनमा रहेको ‘एटीएम वाटर’ मेयर बालेन्द्र साहले नभएर तत्कालीन मेयर विद्यासुन्दर शाक्यले सञ्चालनमा ल्याएको बताएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , एटीएम वाटर बालेनका पालमा होइन विद्यासुन्दरका पालामा सञ्चालनमा आएको हो ल । उनले काठमाडौं महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएको भन्ने भ्रम सिर्जना भएको तर सो काम विद्यासुन्दर शाक्यले गरेको बताएका छन्।
नेता बस्नेतले एटीएम वाटर सञ्चालनमा ल्याउन मेयर बालेनको शून्य प्रतिशत पनि भूमिका रेहेको बताएका छन् । उनले लेखेका छन् , सुजन ढकालजी तपाईंले काठमाडौं महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएर रु एक मा पानी पिउने व्यवस्था गरेर भनेर भ्रमपूर्ण भिडियो बनाउनु भएछ। तपाईंले बनाएको भिडियोले भ्रम सिर्जना गर्ला भनेर यहाँ तथ्यसहित केही उल्लेख गरिएको छ । एटीएम वाटर सञ्चालनमा ल्याउन मेयर बालेनको शून्य प्रतिशत पनि भूमिका छैन ।
बस्नेतले ‘एटीएम वाटर’ सञ्चालन गर्न २०७६ साल चैतमा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड ९भ्याली बोर्ड० बिच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको बताएका छन्। त्यतिबेला तत्कालिन महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डका तर्फबाट कार्यकारी निर्देशक डा। सञ्जीव विक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै उनले तस्बिर समेत सार्वजनीक गरेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे