
काठमाडौँ, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरूको समन्वय महत्वपूर्ण रहेको बताएका छन्। माघ १४ गते, सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै उनले सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायबीचको समन्वयमा जोड दिए।
उनले अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिलाई वित्तीय प्रणालीमा प्रवेश गर्न नदिनु र वित्तीय स्वच्छता कायम राख्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारिता वृद्धि गर्नुपर्नेमा जोड दिए। साथै, असल मनसायका साथ व्यवसाय गर्ने सबैलाई आफ्नो पेशागत जीवन अघि बढाउन आग्रह गरेका छन्। ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने नारासहित यो दिवस मनाइएको हो। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को आधारमा नेपाल सरकारले यो दिवस प्रत्येक माघ १४ गते मनाउने निर्णय गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे