
काठमाडौँ, माघ १४। मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, माघ १६, १७, र १८ गते गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था, बैंक, र वित्तीय संस्थाहरूमा बिदा रहने छ।
अध्यक्ष मल्लले मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्होको अवसरमा सम्पूर्ण तामाङ समुदायलाई स्वदेश र विदेशमा स्वास्थ्य, दीर्घायु, सुख, र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
सोनाम ल्होसार तामाङ समुदायको मौलिक संस्कृति, परम्परा, र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो। यस पर्वले समुदायमा सामाजिक एकता र मेलमिलापलाई अझ मजबुत बनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे