
काठमाडौँ , ११ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको भए पनि पूर्ण उपलब्धि हासिल नभएको बताएका छन् । मन्त्री पौडेलले धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ जलेको घाउ उपचार इकाई, क्यान्सर उपचार इकाई र फार्मेसी भवनको उद्घाटन गर्दै यस्तो धारण व्यक्तm गरेका हुन् ।मन्त्री पौडेलले सस्तो, सर्वसुलभ र निःशुल्क उपचारको महत्वमा जोड दिँदै पहिलो अस्पताल विपि अस्पताललाई प्रभावकारी सेवा प्रदान गर्ने बनाउने लक्ष्य राखेको बताए।
उनले सरकारी अस्पतालमा औषधी अभाव गैरकानुनी भएको भन्दै सबै औषधि राख्नुपर्ने पनि स्पष्ट पारे। साथै, फार्मेसीले सबै प्रकारको औषधि राख्नुपर्ने र उपचारका लागि क्यान्सर सेवा सातै प्रदेशमा विस्तार भइरहेको जानकारी दिए।
विपि अस्पतालको उपकुलपति प्रा। डा। ज्ञानेन्द्र गिरिले कोभिडका कारण निर्माण ढिला भए पनि अहिले २० बेड र १० आईसीयू बेडको व्यवस्था गरिएको बताए। नगर प्रमुख हर्कराज राईले अस्पतालका मेशिनरी र सामग्रीहरूको मर्मत र खरिदमा सरकारको ध्यानाकर्षण गराए।
फार्मेसीले मात्र औषधी बेच्न पाउने रहेकोले फार्मेसीले अब सबै प्रकारको औषधी राख्नुपर्ने बताउँदै आम नागरिकलालई लक्षित गरी फार्मेसी सञ्चालन गर्न आग्रह गर्दै औषधीको लिष्ट सुचिकृत सहितको बोर्ड पनि बाहिर टाँसन जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताए । कार्यक्रममा उपप्रमुख, अस्पतालका पदाधिकारी र अन्य जनप्रतिनिधिहरूको उपस्थिति थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे