
काठमाडौँ,१० माघ । दाङमा ३९ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यका अनुसार जिल्लाका दश स्थानीय तहमा ३९ हजार चार सय ५० किशोरीलाई खोप लगाउने तयारी गरिएको छ। यसमा विद्यालयमा अध्ययनरत ३७ हजार दुई सय पाँच जना र विद्यालय बाहिर रहेका दुई हजार दुई सय ४५ जना किशोरीसमेत छन्।
खोप लगाउने कार्य माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। यसका लागि ३९१ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउन ४४७ वटा खोप केन्द्र तोकिएका छन्। तीमध्ये ४३५ वटा विद्यालय र १२ वटा विद्यालय बाहिर रहेका केन्द्रहरूमा खोप दिने व्यवस्था गरिएको छ।
खोप लगाइने किशोरीहरूको उमेर समूह १० देखि १४ वर्षसम्मका कक्षा ६ देखि १० का विद्यार्थी र विद्यालय बाहिरका किशोरीहरू छन्। विभिन्न गाउँपालिका र नगरपालिकामा खोप कार्यक्रम सञ्चालन हुने छ, जसमा घोराही, तुलसीपुर, शान्तिनगर, बबई, दंगीशरण, लमही, राप्ती, गढवा र राजपुर गाउँपालिका समावेश छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे