
काठमाडौँ ,१६ पुस ।लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्यको सम्झौता भएको छ। यो सम्झौतामा दुवै विश्वविद्यालयहरू संस्कृति आदानप्रदान, भाषा शिक्षण, र अनुसन्धानमा सहकार्य गर्नेछन्।
सम्झौतापत्र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल वज्राचार्य र बेइजिङ विश्वविद्यालयका अध्यक्ष त्वाङ फङले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आदानप्रदान गरे। यस सम्झौताअनुसार नेपाल र चीनमा क्रमशः नेपाल इन्स्टिच्युट र चाइना इन्स्टिच्युट स्थापना गरिनेछ।
यो सम्झौता नेपाल र चीनबीच शताब्दीऔंको सम्बन्धलाई थप सुदृढ गर्दै शैक्षिक र प्राज्ञिक सहकार्य विस्तार गर्न मद्दत पुर्याउनेछ। सम्झौतामा भाग लिँदै, प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको गहिरो सांस्कृतिक र शैक्षिक सम्बन्धलाई थप प्रगति गर्ने आशा व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे