
काठमाण्डौ।एन्जल हेल्थ केयर होम प्रा.लि. को उद्घाटन समारोह असोज १० गते बुधबार भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम बिहान ११:३० बजे सुरु भएको थियो। स्थानीय जनप्रतिनिधिहरू, सरकारी अधिकारीहरू, स्वास्थ्य क्षेत्रका विज्ञहरू, शिक्षक, विद्यार्थी, पत्रकार तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहको प्रमुख अतिथि नगर प्रमुख श्री मिठाराम अधिकारी रहनुभएको थियो भने विशेष अतिथिका रूपमा उप–नगर प्रमुख श्रीमती अनिता राना उपस्थित हुनुभयो। केयर होम अध्यक्ष सुधिर राज खडकाले उद्घाटन समारोहको अध्यक्षता गर्नुभएको थियो।
प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य वक्ताहरूले कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रमा एन्जल हेल्थ केयर होमले पुर्याउने योगदानको प्रशंसा गर्नुभयो। कार्यक्रममा अस्पतालको सेवा सुविधाको बारेमा जानकारी दिइएको थियो।
प्रमुख अतिथि मिठाराम अधिकारीले स्वास्थ्य क्षेत्रमा नयाँ सेवा केन्द्रको थपिएकोमा खुसी व्यक्त गर्दै यसले समुदायका जनताहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। केयर होम अध्यक्ष सुधिर राज खडकाले एन्जल हेल्थ केयर होमले सेवामा योगदान दिन पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो।
समारोहमा उपस्थित शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्यकर्मी तथा पत्रकारहरूले कार्यक्रमको सराहना गरेका थिए। स्थानीय प्रतिनिधिहरू, सरकारी तथा गैर-सरकारी निकायका सदस्यहरूको पनि सक्रिय सहभागिता रह्यो। कार्यक्रमको अन्त्यमा समाज अध्यक्षले सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै चियापान तथा भोजसहित कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे