
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) को १६औं वार्षिकोत्सव विशेष अतिथिहरूको गरिमामय उपस्थिति सहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी, नेपाल क्लियरिङ हाउस लिमिटेडका अध्यक्ष विश्रुत थापा, नेपाल बैंकर्स संघ (NBA) का अध्यक्ष सन्तोष कोइराला, विकास बैंकर्स संघ नेपाल (DBAN )का उपाध्यक्ष नरेशसिंह बोहरा,नेपाल वित्तीय संस्था संघ ( NFIA )का अध्यक्ष सुनील पन्त तथा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था,भुक्तानी प्रणाली अपरेटरहरू (PSO) र भुक्तानी सेवा प्रदायकहरू (PSP) , र विभिन्न सरकारी निकायका प्रतिष्ठित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) ले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा सदस्य बैंक, वित्तीय संस्था, PSP, र PSO हरूलाई १० वटा छुट्टाछुट्टै विधामा सम्मानित गरेको छ। साथै, डिजिटल भुक्तानी र सरकारी क्षेत्रको प्रवर्द्धनमा विशिष्ट योगदानका लागि राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई “विशेष सम्मान पुरस्कार” प्रदान गरिएको छ।
कार्यक्रममा अतिथिहरूको अमूल्य सहभागिताले यो महत्त्वपूर्ण क्षणलाई अझै विशेष बनाएको संस्थाले जनाएको छ। NCHL ले डिजिटल भुक्तानीको क्षेत्रमा सहकार्य र नवीनतालाई प्रोत्साहन गर्दै भविष्य निर्माणमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) ले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूको दीर्घकालीन योगदानलाई सम्मान गर्दै प्रतिष्ठित “लामो सेवा सम्मान” प्रदान गरेको छ। यस अवसरमा मुनि राजभण्डारी, विष्णु प्रसाद धिताल, र बन्दना लुइँटेललाई १० वर्षको उल्लेखनीय सेवाको लागि सम्मान गरिएको थियो।
संस्थाले उनीहरूको प्रतिबद्धता, परिश्रम र संस्थागत मूल्यहरूको पालनाले NCHL को विकास र उत्कृष्टता प्रगतिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रशंसा व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे