
चितवन। भरतपुर महानगरपालिकाले चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई विशेष सम्मान गरेको छ। सोमबार महानगरपालिकाले आयोजना गरेको औपचारिक कार्यक्रममार्फत मह जोडीलाई स्वागत तथा सम्मान गरिएको थियो।
यस अवसरमा महानगरले हास्यकलाको क्षेत्रमा मह जोडीको योगदानको उच्च प्रशंसा गर्दै उनीहरूलाई भरतपुरवासीको तर्फबाट सम्मान व्यक्त गरेको जानकारी दिएको छ।
यस्तै, मह जोडीको प्रस्तुति समावेश महोत्सव “मह जात्रा” मंगलबार साँझ नारायणगढस्थित इन्द्रदेव चलचित्र मन्दिरमा आयोजना हुने भएको छ। कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, र विभुषा बस्नेतजस्ता चर्चित हास्य कलाकारहरूले प्रस्तुति दिने भएका छन्।
मह जात्राले दर्शकहरूलाई हास्यव्यंग्य मार्फत मनोरञ्जन दिनुका साथै सामाजिक सन्देश पनि प्रदान गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे