
काठमाडौँ , पुस ८ । आज पाँच वटा संसदीय समितिको बैठक एकै दिन बस्ने भएको छ।सबैभन्दा पहिले बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ, जसमा नेपालमा उत्पादित सुपारीको निर्यात व्यवस्थापनमा छलफल हुनेछ।
त्यसपछि, बिहान ११स्३० बजे राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण र राष्ट्रिय सरोकार समितिको बैठक हुनेछ। यस बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनसँग सम्बन्धित वनक्षेत्र र राष्ट्रिय निकुञ्जका समस्याहरूमा चर्चा गरिनेछ।
दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक पनि आयोजना हुनेछ, जसमा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ बारे सरोकारवालासँग छलफल हुनेछ।
त्यसैगरी, बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको अर्को बैठक हुनेछ, जहाँ दलित समुदायको अधिकार र विकाससँग सम्बन्धित कानूनी व्यवसायको आवश्यकता र कार्यान्वयन अनुगमन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।
दिउँसो १२ बजे महिला तथा सामाजिक मामिला समितिको ४८ औं बैठक बस्नेछ, जसमा आत्महत्या रोकथामसँग सम्बन्धित समितिका निर्देशनहरूको कार्यान्वयनमा चर्चा हुनेछ।
अन्तिममा, दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ, जहाँ सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरूमा संशोधन प्रस्तावकर्तासँग छलफल गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे