
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका देवर तथा स्वर्गीय मदन भण्डारीका भाइ वरिष्ठ चिकित्सक डा. कैलाश भण्डारीले समसामयिक राजनीतिक परिस्थितिलाई लिएर आफ्नो धारणा स्पष्ट रूपमा व्यक्त गरेका छन्।
डा. भण्डारीले मदन भण्डारीले केवल निरङ्कुश राजसंस्थाको विरोध गरेको र संवैधानिक राजसंस्थालाई स्वीकार गर्न सक्ने धारणा राखेको बताए। “मदन भण्डारीको नाम लिने एमालेलगायतका कम्युनिस्ट पार्टीहरू उनको आदर्शबाट विमुख भएका छन्,” उनले भने।
समसामयिक संविधान र व्यवस्थाले देशको हित नगर्ने ठहर गर्दै डा. भण्डारीले निर्मम समीक्षा र आमूल परिवर्तन आवश्यक भएको बताएका छन्। “यो देशलाई सही मार्गमा डोर्याउन गम्भीर समीक्षा र साहसिक कदमको खाँचो छ। अब म पनि स्पष्ट रूपमा बोल्नेछु,” उनले भने।
डा. भण्डारीको यो टिप्पणीले राजनीतिक वृत्तमा बहसको विषय सिर्जना गर्न सक्ने देखिन्छ। उनका विचारले मदन भण्डारीको विचारधाराबारे पुनर्विचार गर्ने आवश्यकता औंल्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे