
काठमाडौं , २४ मंसिर । नेपाली कांग्रेसले बीआरआई अन्तर्गत भएको सम्झौता अनुदानमा मात्र स्वीकार्ने बताएको छ। बिहान सभापति शेरवहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीरआई अन्तर्गतका परियोजना ऋणमा गर्न नसकिने निश्कर्ष निकालेको हो। बैठकपछि कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङमा भनेर सहमति भएको भन्दै त्यसअन्र्तगत पनि अनुदानबाट परियोजना सञ्चालन गर्न सकिने बताए ।
प्रवक्ता महतले भने, ‘कार्यसम्पादन समितिमा बिआरआईबारे पनि छलफल भयो। पार्टीको कार्यसम्पादन समितिले पहिला नै अनुदान स्वीकार गर्ने भनेअनुसार चीनबाट आएको प्रस्तावमा सरकार र हाम्रो पार्टीबीच पनि छलफल गरेर प्रधानमन्त्रीको चीन भ्रमणका बेला अनुदान सहयोग लिने गरी चीन सरकारसँग प्रस्ताव गरियो ’ । ऋण लिएर बनाएका परियोजना फलदायी नभएकोले ऋण लिन सक्ने अवस्था नरहेको उनले बताए । उनले पोखरा विमानस्थल पनि ऋणमा बनेकाले त्यसको प्रतिफल लिन नसकिएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे