
काठमाण्डौ ।स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्र (HEOC) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाडो याममा आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गर्दा सावधानी अपनाउनका लागि विभिन्न सुझावहरू सार्वजनिक गरेका छन्।
सामान्यतया जाडो मौसममा शरीर र कोठा न्यानो राख्नका लागि आगो ताप्ने, हिटर चलाउने र गिजरको प्रयोग गर्ने प्रचलन छ। तर यस्ता उपकरणहरूको प्रयोग गर्दा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरूको सामना गर्न सकिन्छ।
स्वास्थ्य मन्त्रालयले यस्ता उपकरणहरू प्रयोग गर्दा निम्न सावधानिहरू अपनाउन सल्लाह दिएको छ:
हावा ओहोरदोहोर हुने स्थान वा कोठामा मात्रै आगो ताप्ने, हिटर बाल्ने र गिजर प्रयोग गर्ने।
कोइला जन्य स्रोतबाट सकेसम्म आगो नताप्ने।
आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने सामग्रीहरू नजिकै नराख्ने।
आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने।
हिटर प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने।
सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने।
गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला स्थानमा जडान गर्ने।
गिजर खोलेर लामो समयसम्म बाथरूममा बस्ने नगरिने।
स्वास्थ्य मन्त्रालय र प्राधिकरणले नागरिकहरूलाई आगो र गिजरको प्रयोगमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्, ताकि अप्रत्याशित दुर्घटनाबाट बच्न सकियोस्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे