
काठमाडौँ , मङ्सिर २० । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै किसिमको विशेष मौसम प्रणाली रहेको छैन् ।
हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज पनि राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे