
काठमाडौँ , मङ्सिर १९ । सहारा चितवन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेविरुद्धको आज दोस्रो दिनको बयान सुरु भएको छ । गत मंसिर ५ गते चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पूरक जाहेरी दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय चितवनमा आज बिहान साढे ८ बजेदेखि बयान चलिरहेको छ ।
कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी समेतको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याएर बयान लिइएको थियो। पोखराको सुर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, वीरगञ्जको सानो पाइला लगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको छ। सोही प्रकरणमा प्रहरीले सभापति लामिछानेमाथि अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे