
काठमाडौं ,मङ्सिर १८ । आज मंगरबार नेपाली बजारमा सुनको मूल्य एक हजारले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको एक हजार आठ सय १५ रुपैयाँ थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे