
काठमाडौँ ,मङ्सिर १८ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले आज ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर प्रस्तुत गर्यो। यस अवसरमा अन्य चिनियाँ नेताहरू पनि सहभागी भएका थिए। प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यलाई परिचय गराउनुभयो, जबकि चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना नेताहरूको परिचय गराए।
यसपछि, दुई मुलुकका प्रधानमन्त्रीहरू बीच द्विपक्षीय वार्ता र हस्ताक्षर समारोह हुनेछ। प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल १७ मङ्सिरमा बेइजिङ पुगेको हो। भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा युवराज खतिवडा, सांसद, मुख्य सचिव, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधि रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे