
काठमाडौं, मंसिर १७ । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज सोमबार प्रतितोला २५ रूपैयाँ घटेर एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे