
काठमाडौं, मङ्सिर १६ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसँग बयान लिनेक्रम जारी छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा आइतबार बिहान साढे १० बजेदेखि उनको बयान सुरू भएको हो। शुक्रबारदेखि सरकारी वकिलको कार्यालयमा सुरु भएको बयान आज पनि लिइएको हो ।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याएको थियो। सभापति लामिछानेलाई सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा गत कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो । उनको बयान सकेसँगै जिल्ला प्रहरी कार्यालय कास्कीमै पठाउने प्रहरीको तयारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे