
काठमाडौं, मङ्सिर १४ । नेसरकारले उखुको समर्थन मूल्य तोकेको छ । उद्योगहरुले किसानसँग उखु लिएर क्रसिङ शुरु गरेको झण्डै एक सातापछि सरकारले उखुको समर्थन मुल्य तोकेको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी ९उखु मिल०ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो ।
जसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउने छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उखु मिलले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । यसअघि सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे