
काठमाडौं, मङ्सिर १४ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ। यस समीक्षामा, राष्ट्र बैंकले मौद्रिक नीतिमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। वर्तमान मौद्रिक नीतिले मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
समीक्षामा, मौद्रिक नीतिको प्रमुख दर ५ प्रतिशत, ब्याज दर करिडोरको तल्लो सीमामा रहेको निक्षेप संकलन दर ३.०० प्रतिशत र उच्चतम बैंक दर ६.५ प्रतिशतमा यथावत राखिएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीति लचिलो बनाइएको थियो र पहिलो त्रैमासिक समीक्षामा पुरानै व्यवस्थालाई निरन्तरता दिने निर्णय गरिएको हो। यस वर्षको मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ५ प्रतिशतको आसपास राख्ने लक्ष्य लिइएको छ। पहिलो तीन महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे