
काठमाडौँ, – काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने योजना बनाएको छ। यो सेवा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रबर्द्धन केन्द्रहरूमा प्रदान गरिनेछ।
महानगरपालिकाका अनुसार, सुरूवातमा वडा नं. १२, २६ र ३० का नागरिकहरूलाई यो सेवा दिइनेछ। यसका लागि आइतबार र सोमबार वडा नं. १२, १९ र १४ का सेवाग्राहीहरूका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीहरूको लागि वडा नं. २७ मा र बिहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीहरूको लागि वडा नं. ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स–रे गरिनेछ।
महानगरपालिकाले जनाएको छ कि स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स–रे मेसिन राखिएको छ। सेवाग्राहीको चाप बढ्नसाथ यो सेवा अन्य वडाहरूमा विस्तार गर्ने योजना पनि रहेको छ।
महानगरपालिकाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नं. २६ लैनचौर, वडा नं. ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महावौद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चावहिलका स्वास्थ्य प्रबर्द्धन केन्द्रलाई पहिलो सम्पर्क बिन्दुका रूपमा तोकेको छ। तीमध्ये ५ वटा केन्द्रलाई विमा बोर्डबाट अनुमोदन प्राप्त भइसकेको छ भने ५ वटा केन्द्र अनुमोदन प्रक्रियामा छन्।
महानगरपालिकाले यो पहललाई स्वास्थ्य सेवामा सुधार र नागरिकलाई सहज पहुँच प्रदान गर्नका लागि महत्वपूर्ण कदमका रूपमा हेरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे