
काठमाडौं, २५ नोभेम्बर २०२४ – गठ्ठाघरमा अवस्थित बिज एजुकेशनले आज साउथह्याम्पटनमा रहेको सोलन्ट युनिभर्सिटीको बारेमा यूके एडमिशन डे २०२४ आयोजना गर्यो।
कार्यक्रमले विद्यार्थीहरूलाई यूनिभर्सिटीकी इन्टरनेशनल रिक्रूटमेंट अफिसर नेहा होल्कर चौधरीसँग प्रत्यक्ष परामर्शको अवसर प्रदान गरेको हो। चौधरीले विश्वविद्यालयको पाठ्यक्रम, सुविधाहरू, र हाल सोलन्ट युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको प्रगतिबारे जानकारी गराउनुभयो। कार्यक्रमले IELTS छुट, छात्रवृत्ति अवसरहरू, र भिसा परामर्शका बारेमा विशेष जानकारी समेत प्रदान गरेको थियो।
बिज एजुकेशनकी अफिस मेनेजर रेखा नेगी लामाले युनिभर्सिटीकी प्रतिनिधि र सहभागी विद्यार्थीहरूलाई धन्यवाद दिँदै कार्यक्रममा सहभागिताका लागि आभार प्रकट गर्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे