
काठमाण्डौ ।बिज एजुकेसनले आयोजना गरेको “मीट एण्ड ग्रिट” कार्यक्रम काठमाडौंको याक एण्ड यति होटलमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा युसीएलएन (युनिभर्सिटी अफ सेन्ट्रल ल्यान्काशायर) का इन्टरनेसनल रिक्रुटमेन्ट निर्देशक मिस उलाङ ट्याङ प्लोम्यान विशेष अतिथि रहिन्। कार्यक्रममा शैक्षिक क्षेत्रका सरोकारवाला, सञ्चारकर्मी, र युसीएलएनमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात बिज एजुकेसनकी अफिस म्यानेजर तथा युसीएलएनकी पूर्व विद्यार्थी रेखा नेगी लामाले स्वागत मन्तव्य राख्दै गरिन्। उनले आफ्नो शैक्षिक यात्रा र युसीएलएनले आफ्नो पेशागत जीवनमा पुर्याएको योगदानबारे अनुभव साझा गर्दै, बिज एजुकेसन र युसीएलएनको साझेदारीले नेपाली विद्यार्थीहरूको लागि सिर्जना गरेका अवसरहरूको चर्चा गरिन्।
कार्यक्रममा बिज एजुकेसन र युसीएलएनको साझेदारीका उपलब्धि र भविष्यका योजनाहरूलाई उजागर गर्ने छोटो भिडियो प्रस्तुत गरियो, जसले सहभागीहरूलाई प्रेरित गर्यो।
मुख्य अतिथि मिस उलाङ ट्याङ प्लोम्यानले युसीएलएनको अन्तर्राष्ट्रिय पहुँच, नेपाली विद्यार्थीहरूलाई लक्षित कार्यक्रम, र विश्वविद्यालयको सहयोगी वातावरणबारे प्रकाश पारिन्। उनले नेपाली विद्यार्थीहरूको शैक्षिक अवसरलाई अझै विस्तार गर्न युसीएलएन प्रतिबद्ध रहेको उल्लेख गरिन्।
कार्यक्रमको विशेष आकर्षण प्यानल छलफल रह्यो, जहाँ विद्यार्थी भिसा नीतिहरू, नेपाली विद्यार्थीहरूको प्रदर्शन, र नेपाल–यूके शैक्षिक साझेदारीका सम्भावनाहरूमा गहन छलफल गरियो। सो छलफललाई सदिक्ष्या श्रेष्ठले सञ्चालन गरेकी थिइन्।
कार्यक्रमको समापनमा बिज एजुकेसनका अध्यक्ष हरी कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपाली विद्यार्थीहरूको लागि अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरू सिर्जना गर्न संस्थाको प्रतिबद्धता दोहोर्याए। सहभागीहरूलाई कृतज्ञता स्वरूप स्मृति चिन्ह प्रदान गरियो।
“मीट एण्ड ग्रिट” कार्यक्रमले बिज एजुकेसन र युसीएलएनको सफल साझेदारीलाई थप सुदृढ बनाएको छ। कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाको लागि नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे