
काठमाडौँ , ५ मसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । किर्ते कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए ।
मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए । सिआइबीले प्रसाईंको घरबाट तीन वटा ल्यापटप र ९ वटा मोबाइल सेट पनि बरामद गरेको छ । प्रसाईंको घरबाट प्रहरीले थप २५ जनालाई नियन्त्रणमा लिएको थियो ।
ब्युरोको प्रारम्भिक अनुसन्धानमा नै प्रसाईंले सार्वजनिक गरेका विवरण र सन्देश भ्रम फैलाउने उद्देश्यले किर्ते कागजपत्र तयार गरेको पाइएपछि अनुसन्धानका लागि सिआइबीले प्रसाईंलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे