
काठमाडौँ, मङ्सिर ३ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारका विषयमा आवश्यक निर्णय गरिने जनाइएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनपछि राज्यले उनलाई दिने सम्मानका विषयमा सरकारले निर्णय गर्ने बुझिएको छ।
८३ वर्ष उमेरका ढुंगानाको आइतबार काठमाडौंको पुरानो बानेश्ररमा कलेजो रोगको उपचारका क्रममा निधन भएको थियो । ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन आइतबार नै सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे