
काठमाडौं । रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले युके एडमिसन डे २०२४ को सफल आयोजन गरेको छ। शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पुतलीसडक, काठमाडौंस्थित कार्यालयमा आयोजित कार्यक्रममा युकेका प्रतिष्ठित विश्वविद्यालयहरूको प्रतिनिधिहरू सहभागी भए।
कार्यक्रममा युनिभर्सिटी अफ वेस्ट लण्डन, युनिभर्सिटी अफ वोर्सेस्टर, युनिभर्सिटी अफ इस्ट लण्डन, युनिभर्सिटी अफ चेस्टर, युनिभर्सिटी फर क्रिएटिभ आर्ट्स (यूसीए), र युनिभर्सिटी कलेज बर्मिङ्घम (युसीबी) लगायतका विश्वविद्यालयका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
ब्रान्च म्यानेजर दिव्य महर्जनले विद्यार्थी र अभिभावकको ठूलो उपस्थिति प्रति खुसी व्यक्त गर्दै कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई युकेमा उच्च शिक्षाको अवसरबारे महत्त्वपूर्ण जानकारी दिएको बताइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे