
काठमाडौँ, कात्तिक २९ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेका तीनजनालाई अन्तर्वार्तामा बोलाइएको छ । अर्थ मन्त्रालयले छनोट सूचीमा परेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा।नवराज अधिकारीलाई मङ्सिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाएको हो । पटक–पटक बोलाइए पनि उम्मेदवारहरू अन्तर्वार्तामा अनुपस्थित हुँदै आएका छन्।
धितोपत्र ऐन अनुसार सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने व्यवस्था छ।यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे