
काठमाडौँ, कात्तिक २८ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन्। कुलमानले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छन् ।‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादबारे आफ्नो असहमतिका बाबजुद पनि प्राधिकरणले काटिएका उद्योगका लाइन जोड्नु परेपछि उनी आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्। सरकारको निर्देशनपछि बसेको प्राधिकरणको बोर्ड बैठकले उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो।
बक्यौता नबुझाएको भन्दै प्राधिकरणले गत कार्तिक ८ गते लाइन काटिदिएका २३ उद्योगमा लाइन जोडिदिएको हो। बक्यौता नबुझाएको भन्दै प्राधिकरणले गत कार्तिक ८ गते लाइन काटिदिएका २३ उद्योगमा लाइन जोडिदिएको हो। प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे