
काठमाडौँ, कात्तिक २८ । सुर्खेतको चर्चित धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छन् । वीरेन्द्रनगर नगरपालिका–११ बस्ने ५० वर्षीय सरस्वती राजी बुधवार बिहान मृत भेटिएकी हुन् । उनी सोही मन्दिरको पुजारी रहेको कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।
पुजारी नै मृत अवस्थामा भेटिएपछि मन्दिरको नियमित पुजा अर्चना रोकिएको छ। राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि प्रदेश अस्पताल पठाउने तयारी गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे